ओलीले अध्यक्ष नछोड्ने सन्देश सहितको अपानि जारी

काठमाडौं । नेकपा एमालेले २१ फागुनमा भएको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष निकालेको छ।

तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा चुनावी हारलाई समग्र परिस्थितिको विश्लेषण गरेर हेर्नुपर्ने उल्लेख गरिएको छ। अपानिमा हार बाह्य प्रहारको मात्रै परिणाम नभई पार्टीका आन्तरिक कमजोरी, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र संगठनात्मक कमजोरीको संयुक्त परिणाम भएको उल्लेख छ।

‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो । तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन,’ अपानिमा भनिएको छ।

ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गरे पनि पार्टी नेतृत्वबाट हट्ने संकेत दिएका छैनन्। उनले ‘यो समय भाग्ने समय होइन, दोषारोपणमा अल्झिने समय पनि होइन’ भन्दै पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन्।

२६ पृष्ठको अपानिमा केन्द्रीय कमिटीका विभिन्न निर्णय, मनोनयनसम्बन्धी विषय तथा नेताहरूका मन्तव्यसमेत समेटिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार