काठमाडौं। नेकपाका नेता झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठकबाट आगामी राष्ट्रिय महाधिवेशनबारे ठोस योजना बनाउनुपर्ने प्रस्तावसहित २२ बुँदे फरक मत राखेका राखेका छन् ।
नेकपाको जारी सो बैठकमा उनले फरक धारणा राखेका हुन् ।
उनको प्रस्तावमा भनिएको छ, ‘बैठकबाट नेकपाको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका निम्ति यो पार्टीको केन्द्रीय समितिलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरित गरौँ । केन्द्रीय समितिका सबै साथीहरूलाई र अरू केही अत्यावश्यक साथीहरूलाई समेत थपेर उहाँहरूलाई स–सम्मान आयोजक समितिमा राख्ने निर्णय गरौँ । त्यसो गर्दा सबै साथीहरूलाई सम्मान पनि हुन्छ।’
राष्ट्रिय महाधिवेशन आयोजक समितिको नेतृत्व र समन्वय गर्नका निम्ति एक जना संयोजक नै पर्याप्त हुने उनको भनाइ छ। अहिले नेकपामा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल छन्।
प्रस्तावमा भनेका छन्, ‘संयोजक र सहसंयोजक बनाई रहन पर्दैन । त्यस्तो संरचना बनाउँदा नेकपा बनाउँदाको विगत धङधङीको आभास दिन्छ । त्यतिवेला दुई पार्टी एकता भएकाले त्यसलाई असामान्य ठानिएन । अहिले २६ घटकको एकीकरण भने पछि त्यो मोडेल अहिले उपयुक्त हुँदैन।’


प्रतिक्रिया