काठमाडौं । सामसङ नेपालले Galaxy S26 परिवारमा नयाँ सदस्यका रूपमा Galaxy S26 FE सार्वजनिक गरेको छ। यो One UI 9 सहित आउने Galaxy S26 सिरिजको पहिलो स्मार्टफोन हो । यसले सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम Galaxy अनुभव पुर्याउनेछ। उच्च क्यामेरा र अझ बढी इन्टेलिजेन्ट Galaxy AI का साथ यसले दैनिक फोटो खिच्ने, क्रिएट गर्ने र कनेक्ट गर्ने अनुभवलाई अझ राम्रो बनाउनेछ।
पातलो र हल्का डिजाइनमा ग्राहकले सबैभन्दा धेरै चाहने सुविधाहरूलाई ध्यानमा राख्दै तयार गरिएको Galaxy S26 FE ले Galaxy S सिरिजको विशेष अनुभवलाई निरन्तरता दिएको छ। सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ MX, सामसङ नेपाल, प्रणय रत्न स्थापितले भने,
Galaxy S26 FE दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यसले Galaxy S सिरिजका विशेष सुविधाहरूलाई अझ धेरै ग्राहकसम्म पुर्याउनेछ।
अझ स्पष्ट तस्बिर, सजिलो एडिटिङ
Galaxy S26 FE ले फोटो खिच्नेदेखि एडिट गर्नेसम्म अझ राम्रो क्यामेरा अनुभव प्रदान गर्छ। यसको सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिंगले स्थिर तस्बिरदेखि छिटो दृश्यसम्म महत्वपूर्ण क्षणहरूलाई स्पष्ट रूपमा खिच्न र सजिलै एडिट गर्न मद्दत गर्छ।
नयाँ Galaxy foldable हरुमा प्रस्तुत गरिएको My FanCam अब Galaxy S26 FE मा पनि उपलब्ध छ। यसले चुनिएको व्यक्तिलाई आफैं ट्र्याक गर्दै फ्रेमको बीचमा राख्छ र चलिरहेको सीन अनुसार भिडियोको फ्रेमलाई मिलाउँछ।
भिडियो खिच्दा Horizontal Lock सहितको Super Steady ले छिटो चलिरहेका गतिविधिहरूको भिडियोलाई अझ स्थिर र सीधा खिच्न मद्दत गर्छ। Galaxy S26 FE मा 3x Optical Zoom पनि रहेको छ, जसले टाढाबाट खिच्न अझ सहज बनाउँछ। Galaxy S सिरिजको विशेष सुविधा Nightography ले अँध्यारोमा पनि उज्यालो र स्पष्ट फोटो खिच्न मद्दत गर्छ र खिच्न गारो अवस्थामा समेत फोटोको डिटेलहरुलाई स्पष्ट राख्छ।







प्रतिक्रिया