काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ ।
नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो ।
नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकोले कारोबार नियमित गर्न लागिएको हो ।
डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज ५ गते सोमबार नियमित सेयर कारोबार स्थगित गरेको थियो ।




प्रतिक्रिया