काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीचको सम्बन्ध थप उचाइमा पुगेको बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको छलफलपछि नेपाली राजदूत बिष्णु पुकार श्रेष्ठ तथा दुतावास परिवारद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
नेपाल र चीनबीचको सम्बन्ध सदिऔं पुरानो भएको उल्लेख गर्दै निरन्तर विकशित हुँदै गएको बताए।
उनले भने, ‘थुप्रै राजनीतिक परिवर्तनहरु अन्तर्राष्ट्रिय क्षेत्रमा आएपनि नेपाल चीनको सम्बन्धको गहिरालाई त्यसले केही फरक पारेको छैन। हिजो मेरो राष्ट्रपति सी चिनफिङलगायत चिनियाँ सरकार नेताहरुसँग हामीले खुलेर छलफल गर्यौं आपसी सम्बन्ध र सहकार्य गर्ने बिषयमा अझ बलियो बनाउने बिषयमा हामीले कुरा गरेका छौं।’
हिजोको छलफलले नेपालको विकासको लागि राम्रो विश्वासको वातावरण बनेको बताउँदै भ्रमणपछि दुई देशको सम्बन्ध अझ बलियो हुने जिकिर गरे।उनले संविधान जारीपछि अब नेपालको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताए।
उनले भने, ‘नेपालको ध्यान स्वाभावैले समृद्धि र आर्थिक विकासतिर केन्द्रित हुन्छ। हामीलाई गर्व छ हाम्रा दुई छिमेकी चीन र भारत विकासको नयाँ गति र उचाईमा अगाडि बढेका छन्। दुई छिमेकीहरुको विकासबाट नेपाल लाभान्वित हुनैपर्छ। नेपाल लाभ लिन सकेन भने राम्रो कुरा हुँदैन। देशलाई आर्थिक समृद्धितिर देशलाई लैजान्छु भन्ने प्रधानमन्त्रीको शपथ लिएदेखि नै भनिरहेको छु।’



प्रतिक्रिया