एमाले सचिवालय बैठक आज पनि जारी

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बसेको हो ।

आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन पेस गरिएको थियो । प्रतिवेदनमा उल्लेख गरिएका केही विषयप्रति अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

विशेषगरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने, ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था आगामी विधान महाधिवेशनबाट टुंगो लगाउने कार्यदलको निर्णयप्रति ओली असन्तुष्ट देखिएका हुन् । नेताहरूका अनुसार ओलीले सुरुआतमै कार्यदलको प्रतिवेदन स्वीकार गर्नसमेत हिचकिचाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार