कांग्रेस विभाजनको डिलमा पुगेको पूर्णबहादुरको दाबी

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको अन्तिम डिलमा पुगेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै खड्काले विभाजन रोक्न आफूले अन्तिम प्रयास गरिरहेको बताएका हुन्।

कांग्रेसभित्र दुई पक्षले १५औँ महाधिवेशन तोकेर समानान्तर गतिविधि अघि बढाइरहेका बेला खड्काले आफू कुनै पक्षमा नखुलेको स्पष्ट गरेका छन्। महाधिवेशनको पुनरावलोकन मागसहित आफू अदालत गएको र मुद्दा विचाराधीन रहेकाले महाधिवेशन प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार