काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक, सचिवालय बैठक बस्ने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्य असोज ४ गते कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो ।
यसअघि बसेको कार्यदलमा दुई वटा प्रतिवेदन आएकाले एकै प्रतिवेदन तयार गर्नका लागि बैठक आह्वान गरिएको आचार्यले जानकारी दिएका छन् । त्यसैगरी कार्यदलको बैठक सकेर केन्द्रीय सचिवालयको बैठक असोज ४ गते नै दिउँसो दिउँसो १ बजे च्यासलमै बस्ने भएको छ ।


प्रतिक्रिया