काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्ने संकल्पसहित अघि बढ्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै थापाले संविधानका केही प्रावधान संशोधन गर्नुपर्ने भए पनि त्यसले संविधानका मूल्य र मान्यतालाई थप विस्तार गर्ने बताए। त्यसका लागि आवश्यक साहस र स्पष्टता महाधिवेशनबाट प्रस्तुत गर्ने उनको भनाइ छ।
थापाले महाधिवेशनलाई पार्टीभित्रको आपसी तिक्तता र फाटो बढाउने माध्यम नबनाउन आग्रह गर्दै विगतका असहमतिलाई बिर्सेर एउटै मत बनाएर अघि बढ्ने प्रयास भइरहेको बताए।



प्रतिक्रिया