‘खुट्टा भाँचिदिने’ वा ‘गोली हान्ने’ अभिव्यक्ति नदिनू : पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सरकारका मन्त्रीहरूलाई शासकीय अहङ्कार नदेखाई संविधान र कानुनको सीमाभित्र रहेर काम गर्न सुझाव दिएका छन् ।

छड्के नेपालसँग भएको कुराकानीका क्रममा  उनले सरकारले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।  पुनले मन्त्रीहरूले ‘खुट्टा भाँचिदिने’ वा ‘गोली हान्ने’ जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिन नमिल्ने बताए ।

प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको तथा ‘एक्लै संसार बोकेर हिँड्ने’ अहङ्कारी शैलीमा अघि बढेको पुनको आरोप छ । पुराना दललाई जनताले दण्डित गरिसकेको स्वीकार्दै उनले आफूहरू सच्चिएर र समीक्षा गरेर जनभावनाअनुसार अघि बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार