काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् ।
आज प्रतिनिधिसभा आफ्ना धारणा राख्ने क्रममा उनले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् । सो क्रममा उनले पीडितप्रति अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न पनि सरकारलाई सुुझाव दिएका छन् । रविले प्रतिनिधिसभामा विशेष सम्बोधन गरिरहँदा आज प्रधानमन्त्री बालेन पनि उपस्थित थिए ।
उनले भने, ‘पीडामा रहेका नागरिकलाई कतैबाट अमानवीय दुर्व्यवहार हुन्छ भने त्यस्ता व्यक्तिमाथि हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन, राज्य निर्मम र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला ।’



प्रतिक्रिया