काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले प्रधानमनमन्त्री वालेन्द्र शाह (बालेन)ले जेजनी आन्दोलनको स्मृतिमा बोल्न नमानेको प्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीप्रति संकेत गर्दै सहिदका नाम लेखिदिन पनि आनकानी गरेको खुलाइन् ।
“देशले सहिद पायो । एकदिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस् । केही न केही त बोलिदिनुस्, कि त जेनजी सहिदका नाममा केही लेखिदिनुस् भनेर बिहान ७ बजे भन्दा बेलुकी ७ बजे स्टाटस त आयो,” उनले भनिन्, “अन्तमा एकवर्षपछि सहिदलाई श्रद्धाञ्जली ।”
उनले सहिदले न्याय कहिले पाउँछ भनि प्रश्न गरिन् । उनले सहिद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ भनि सोधिन् ।


प्रतिक्रिया