प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभर नेपालको पाँच करोड सहयोग

काठमाडौं ।  युनिलिभर नेपाल लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावितका निम्ति सहयोग गरेको छ । युनिलिभरले राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ योगदान गरेको छ ।

योसँगै युनिलिभर नेपालले थप करिब एक करोड मूल्यबराबरको २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू उपलब्ध गराएको जनाएको छ ।

यस सहयोगमार्फत प्रभावित समुदायहरूमा योगदान पुर्‍याउँदै कठिन परिस्थितिहरू सामना गर्न सामूहिक प्रयासहरूलाई समर्थन गर्ने उद्देश्य राखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार