नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकै निरन्तरता

काठमाडौँ । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । अध्यादेशमार्फत पदमुक्त भएपछि उनले पुनः कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका थिए ।

पुनः आवेदन दिएका कार्कीलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनको पुनर्नियुक्तिसँगै नागरिक लगानी कोषको नेतृत्वमा कार्कीले निरन्तरता पाएका छन् ।

प्रतिक्रिया