कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन आदेश

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादले नयाँ मोड लिएको छ। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने यसअघिको फैसलामाथि पुनरावलोकनको अनुमति दिँदै मुद्दामा सुरुदेखि नै पुनः सुनुवाइ गर्ने आदेश दिएको छ।

प्रधान्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार उक्त आदेश दिएको हो। पूर्वसभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काको पक्षबाट विशेष महाधिवेशनसम्बन्धी फैसलाको पुनरावलोकन माग गर्दै निवेदन दायर गरिएको थियो।

सर्वोच्चको आदेशपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिक्रिया दिँदै पुनरावलोकनको अनुमतिले विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी तथ्य अझ स्पष्ट रूपमा उजागर हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि सर्वोच्चले २०८२ पुस अन्तिममा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। अब सोही निर्णयमाथि पुनः सुनुवाइ हुने भएको छ। यस घटनाक्रमलाई कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षसँग जोडेर चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार