घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य सोमबार (असार २९) पुनः घटेको छ । सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार २०० रुपैयाँ तोकिएको छ । आइतबार (असार २८) छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार