काठमाडौं तारकेश्वरमा पस्यो घरभित्र चितुवा

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेका छन् । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो ।

दुलाल महर्जनलाई शुभम अस्पताल र मायानाथ वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको छ ।

अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको उनले बताए । ‘वनको टोलीलाई बोलाएका छौं । चितुवालाई थुनेर राखिएको छ,’ एसपी भट्टराईले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार