ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ ।

वार्तामार्फत् भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गरिएको छ ।

“म राष्ट्रपति सीसँग कुरा गर्दैछु, तपाईंलाई थाहा छ, टिकटक र व्यापारबारे”, ट्रम्पले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भने, “हामी सम्झौतामा धेरै नजिक छौँ र चीनसँग मेरो सम्बन्ध धेरै राम्रो छ ।”

जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्प र सीबीच यो दोस्रो र वर्षको सुरुदेखि तेस्रो संवाद हो । जुन ५ मा ट्रम्पले सीलाई अमेरिकामा निमन्त्रणा गर्नुभएको थियो भने आफूलाई चीन भ्रमणको प्रस्ताव आएको बताएका थिए । हालसम्म भ्रमण तालिका तय नभए पनि विश्लेषकहरूले सीले आफ्नो प्रस्ताव दोहो-याउने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार