काठमाडौं । नेपाली कांग्रेसले अब केन्द्रको निर्देशनअनुसार तल्लो तहले आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्ने पद्धतिलाई निरन्तरता नदिने भएको छ ।
कंग्रेसले रुपन्देही–३ को उपचुनावमा उम्मेदवार चयन गर्दा विगतभन्दा भिन्न शैली अपनाउने भएको हो ।
उम्मेदवार चयनमा भिन्न शैली अख्तियार गर्न दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अवधारणामा ‘आइडिया फोर’ अवलम्बन गरिएको छ ।
कांग्रेसको विधानअनुसार एक महिलासहित तीनजना आकांक्षीको नाम उपल्लो तहमा सिफारिस गर्ने व्यवस्था छ ।
आइडिया फोरअन्तर्गत रहेर उम्मेदवार चयन गर्न पार्टी नेताहरू फरकफरक चरणमा निर्वाचन क्षेत्रमा पुगेका छन् ।


प्रतिक्रिया