काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । आजैबाट सुरु भएको सो प्रकरणमा पक्राउ गर्ने क्रममा सुरुमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका थिए । सबैभन्दा पछि सुधीरकुमार शाह पक्राउ परेसँगै सो पकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको हो ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया