नेपालबार एशोसिएशनको २७ औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु

निर्वाचनमा अध्यक्षका लागि वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ बीच प्रतिस्पर्धा भइरहेको छ। मिश्रको समूहमा महासचिवका लागि वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला उम्मेदवार रहेका छन्, भने श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ।

निर्वाचनका लागि ९,९५७ मतदाता रहेका छन् र ३६ मतदान केन्द्रहरू राखिएको छ, जसमा ६,००० मतदाता काठमाडौँको सर्वोच्च अदालत परिसरमा मतदान गर्न आउनेछन्।

यस निर्वाचनमा २५ नयाँ कार्यसमितिका लागि ५७ जनाले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया