मेयर बालेन र उपमेयर डंगोलको फेक भिडियो बनाएको अभियोगमा एक युवक पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र उपमेयर सुनीता डंगोलकाे डिप फेक भिडियाे बनाउने   युवक पक्राउ परेका छन् । प्रहरीले महानगरका मेयर र उपमेयरबीचको फेक भिडियो बनाएको अभियोगमा  बाजुराका २२ वर्षका रमेशबहादुर रावतलाई पक्राउ गरेको हो । एआईकाे प्रयोग गरेर सो भिडियो बनाइएको थियो ।

उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हाे। उनी सिन्धुपाल्चोकका मेडिकल व्यवसायीसमेत भएको खुलेको छ ।

केही दिनअघि मात्र, मेयर बालेन र उपमेयर डंगोलकाे एक फेक भिडियाे सामाजिक संजालमा भाइरल भएकाे थियाे ।

प्रतिक्रिया