काठमाडौं ।लामाे सययदेखि रोकएका उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएका छन् ।
लामो समयदेखि स्थगित परीक्षा पुन सञ्चालन गर्न लागिएको त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गरी जानकारी दिएको हो ।
त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापन खुलाएको थियो । स्थगित परीक्षाका लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु हुँदैछन् ।
प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा संचालन हुने सेवा आयोगले सूचना जारी गरेको छ ।
अन्य संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ । तालिका आयोगको वेवसाइटमा प्रकाशित हुनेछ ।





प्रतिक्रिया