लोकसेवा परीक्षाका लागि उपयोगी १० समसामयिक प्रश्नोत्तर

१. नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली चौँथो पटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?

विसं २०८१ असार ३०

– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो ।

– राष्ट्रपति पौडेलले सङ्घीय संसद्बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको पत्र असार २८ मा राष्ट्रपति कार्यालयमा प्राप्त भएपश्चात् उहाँले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

– प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएका एमाले अध्यक्ष ओली कांग्रेस र एमालेबिच असार १७ गते भएको सहमति अनुसार चौँथो कार्यकालका लागि प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।

– उहाँले २०८१ असार ३१ मा प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

 

२. धनकुटा र ओखलढुङ्गा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित कहिले भएका हुन् ?

 विसं २०८१ असार २५

 

३. द मिसेस नेसनल २०२४ को उपाधि कसले जितिन् ?

 सुजाता सुब्बा (इलाम)

– उनले प्रतियोगितामा वेस्ट फिगरको उपाधि पनि चुमेकी छन् ।

– प्रतियोगितामा मञ्जु आचार्य मस्ट इनरजेटिकसहित फस्ट रनर्सअप तथा मञ्जिल रञ्जितकार मस्ट पपुलर र मस्ट इन्टेलिजेन्ट उपाधिसहित सेकेन्ड रनर्सअप घोषित भएका छन् । ४. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०६९ माघ

५. सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ?

 डा. फुहरर

६. लामिन यमाल (स्पेन) कुन खेलसँग सम्बन्धित छन् ?

 फुटबल

७. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?

 धर्म कचहरी

८. नेपालमा धामी झाव्रmीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?

 ढ्याङ्ग्रो

९. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाकवि देवकोटा पुरस्कार–२०८० कसलाई प्रदान ग¥यो ?

 श्रीहरि फुयाँल (कविता), रोशन थापा ‘नीरव’ (निबन्ध), अविनाश श्रेष्ठ (गद्याख्यान÷नाटक), प्रमोद प्रधान (बालसाहित्य÷लोकसाहित्य) र गोविन्दराज विनोदी (भाषा साहित्य)

– गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार ः स्वप्निल स्मृति र सुनील पोखरेल

– बिपी पुरस्कार ः किशोरकुमार अधिकारी (राजनीति), होमनाथ दाहाल, प्राडा हरिप्रसाद पराजुली र प्राडा योगेन्द्रप्रसाद यादव

– इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार ः इतिहासकार प्राडा जगदीशचन्द्र रेग्मी

– योगमाया पुरस्कार ः प्राडा गोविन्दमान सिंह कार्की

– आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार ः नारायण शर्मा

– युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार ः डा. फडिन्द्रराज निरौला

– सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार ः छत्रबहादुर कायस्थ

– पुष्पलाल राष्ट्रिय पुरस्कार ः सिद्धिलाल सिंह (राजनीति), चतुर्भुज आत्रेय (साहित्य, संस्कृति र विज्ञान) र डा. विश्वनाथ सिंह (इतिहास)

– भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार ः राजु परियार (सिप, कला, साहित्य र संस्कृति), आनन्दस्वरूप बर्मा (मानव अधिकार) र मञ्जुल (मेघराज नेपाल) र झविन्द्रबहादुर जिसी (समाजसुधार, संयुक्त रूपमा)

– मन्त्रालयले भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान ग¥यो । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरियो ।

– प्रादेशिक प्रतिभा पुरस्कारतर्फ चार विधामा २८ जनालाई पुरस्कार प्रदान गरियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार