काठमाडौं । त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने भएको छ ।
जसका लागि सशस्त्रको नं.१७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज परिचालन गरिएको छ । जसमा सोनार क्यामरा र अन्य डिभाइसहरुको प्रयोग गरिने भएको छ ।
शनिबार बेपत्ता भएका बसमा सवार तीन जनाको शव फेला परेको थियो । तर, बस अझै भेटिएका छैनन् ।





प्रतिक्रिया