राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बाट राजीनामा दिने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पनि सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

यसअघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हाे ।

प्रतिक्रिया