एनआइसी एसिया बैंकले सुरू गर्‍यो मास्टरकार्ड इसुएन्सु सेवा

काठमाण्डौँ । एनआइसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड इसुएन्सु सेवा सुरू गरेको छ।

आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकहरूले प्राप्त गर्न सक्नेछन्।

जसमा अत्याधुनिक सुरक्षा प्रविधि इएमभी चिप तथा अत्याधुनिक क्न्ट्याकलेस प्रविधि समेत प्रयोग गरिएको छ।

यस कार्डमार्फत ग्राहकहरूले नेपाल, भारत र भुटानबाट एटिएम विथड्रलको साथमा पिओएस तथा इ–कमर्स भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन्।

बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो।

बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

 

प्रतिक्रिया