१० लाख माथिका सबै सुनको गहनामा २ प्रतिशत विलासिता कर

काठमाण्डौँ  ।सुनजडित बाहेकका अन्य बहुमूल्य धातुमा विलासिता कर नलाग्ने भएको छ। सुन मात्रैको गहनामा यसअघि विलासिता करको व्यवस्था नभएकोमा अब भने १० लाख रूपैयाँ माथिको सुनमा भने कर लाग्‍ने भएको छ।

आर्थिक ऐन २०८० बाट १० लाख माथिको सुनजडित बहुमूल्य धातुको बिक्रीको बखतमा, पाँच तारे वा सो भन्दा माथिका होटल र लक्जरी रिसोर्टले दिने सेवा आयातित मदिरामा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गरिएको थियो।

आर्थिक ऐन २०८१ बाट भने अन्य व्यवस्था यथावत राखिए पनि बहुमूल्य धातु र सुनका सवालमा संशोधन गरिएको छ। दफा १७ मा नेपालमा प्रयोग हुने देहायका विलासी वस्तुको प्रयोग तथा सवालमा विलासी कर लाग्ने भन्ने व्यवस्था गरिएको छ।

जसको ुबुँदा ुगु मा १० लाख रूपैयाँभन्दा बढी मूल्यका सुनको गरगहना वा हिरा, मोती पत्थर जडित सुनको गरगहना बिक्रीका बखतु भनिएको छ।

यसको अर्थ कसैले एकै पटक १० लाख रूपैयाँ माथिको सुन गहना खरिद गरेमा वा सुन जडित जतिसुकै मूल्यको अन्य बहुमूल्य धातुको खरिदमा दुई प्रतिशत कर ल्याउने व्यवस्था गरेको हो।

यसअघि भने १० लाख माथिको हिरा, मोती, पत्थरजडित सुन र बहुमूल्य अन्य धातुमा पनि विलासी कर लाग्ने गरिएको थियो।

 

प्रतिक्रिया