देशभर मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा

काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभावले साधारणतयदेखि पूर्णतया बदली रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र मधेस प्रदेशका  स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया