ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव, एमाले आन्तरिक छलफलमा

काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।

देउवाले ओलीलाई यस्तो प्रस्ताव गरेपछि यतिखेन नेकपा एमाले छलफलमा जुटेको छ । शनिबार देउवा र देउवापत्नी आरजु राणा ओली निवास बालकोट पुगेका थिए । सो लगत्तै ओली र प्रचण्ड आइतबार छलफलमा जुटेका थिए ।

एक स्रोतका अनुसार शनिबार ओली निवास बालकोटमा भएको छलफलमा मुलुकको स्थायित्व र सुशासनका लागि दुई ठूला दल मिल्नुको विकल्प नभएको बताउँदै ओलीलाई सरकारको नेतृत्व लिन र कांग्रेस एमाले मिलेर सरकार चलाउन प्रस्ताव गरेका थिए ।

२०८० फागुन ३० गते प्रतिनिधिसभामा प्रचण्डले विश्वासको मत लिने क्रममा ओलीले विगतमा संवाद गरौँ भन्दा देउवाले अस्वीकार गरेको बताएका थिए । लगत्तै देउवाले अब कुराकानी गर्ने बताएका थिए ।

प्रतिक्रिया