काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेको जिकिर गरेका छन्। शनिबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘पार्टीको नेतृत्वव दस्तावेज जस्तै सहमतिमै टुंगो लगाइयोस् भन्ने चाहना पाइरहेका छौं।
नेपाली ठूल्ठूला उथलपुथल भएका छन्। प्रत्येक उथलपुथलमा हामीले महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौं।
सहभागी भएको मात्रै होइन, लिड गरेका छौं। घटनाक्रमलाई निर्णायक मोड दिने सक्रिय हस्तक्षेप गर्ने, अरुलाई पनि आफ्नो पछिपछि ल्याउनसक्ने, नेपालको राजनीतिमा दिशाबोध गर्ने, खुवी र क्षमताको साथ अघि बढेका छौं।’



प्रतिक्रिया