काठमाडौं– फेरि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ ।
बिहिबार सम्म छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो भने आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १७९० रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया