आज चार प्रदेशमा वर्षा हुने अन्य स्थानको मौसम कस्तो रहला ?

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर साधारणतया पूर्ण बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया