काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सुबेदीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले रास्वपा परित्यागको घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा नरहेको साे स्टाटसमा उल्लेख छ ।
तर, रास्वपा लुम्बिनीका अध्यक्ष देवराज पाठकले सुवेदीले लिएको जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टी परित्याग गरेको बताए ।



प्रतिक्रिया