काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् ।
वडा अध्यक्ष हिरालाल कामतअनुसार भारी वर्षाका कारण विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् ।
विराटनगर १२ को सम्पन्न बस्तीसहित विभिन्न क्षेत्र डुवानमा परेका छन् । डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
यस्तै, वर्षाका कारण विशाल चोक, सम्झना चोक, पृथ्वी चोक लगायत धेरै स्थान जलमग्न भएका छन् । अध्यक्ष न्यौपानका अनुसार ३ सय बढी सर्वसारधाणको घरमा पानी पसेको छ ।





प्रतिक्रिया