शान्ति प्रक्रियालाई चाँडै टु‌ग्याउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया चाँडै टुँगो लगाउनुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौँमा आयोजित ‘स्मृतिमा पद्यमरत्न तुलाधर’ पुस्तक विमोचनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले, शान्ति प्रक्रिया नटुङ्गिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको उल्लेख गरे । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढ्नुपर्नेछ ।’

 

प्रतिक्रिया