काठमाडौं । गण्डकी प्रदेशमा माओवादीको चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।
केही दिनअघि सबैभन्दा ठूलो दलको हैसियतले सो पदमा निर्वाचित पाण्डेले आज विश्वासको मत पाएका हुन् ।
नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीको ह्वीप विपरीत सांसद फणिन्द्र देवकोटाले समर्थन गरेका थिए ।
जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले पाण्डे मुख्यमन्त्री नियुक्त पदमा नियुक्त भएका थिए । गण्डकी प्रदेशमा ६० सदस्य सांसद् छन् ।
विश्वासको मत प्राप्त गर्न ३१ सांसदको समर्थन आवश्यक पर्छ । सुरेन्द्रराजका पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।



प्रतिक्रिया