ओली, दाहाल र नेपालबीच भेटवार्ता,अविषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि दाहाल, ओली र नेपालबीच भेटवार्ता भएको हो ।

सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । तर भेटको मुख्य विषय एक्स्पोज हुन सकिरहेको छैन ।

कांग्रेससँगको छलफलपछि भएको भेटवार्तालाई अर्थपूर्ण लिइएको छ भने सम्बन्धित पार्टीका नेताहरुले भने सामान्य राजनीतिक भेट भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार