बजेटमाथि पूर्वअर्थमन्त्री प्रकाश शरण महत्त र देवेन्द्र पौडेलको धारणा

काठमाडौं । सरकारले यही जेठ १५ गते जारी गरेको बजेटमाथि  सत्ता पक्षबाट प्रसंसा र विपक्षबाट बजेटको आलोचना गर्ने क्रम जारी छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथि असन्तुष्ट प्रकट गरेका छन् । यद्यपि सत्ता पक्षले धेरै बजेटमाथि त्यति धेरै आलोचना गरेको छैन । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेटमाथि नकारात्मक टिप्पणी गरेको छ । 

प्रस्तुत छ, बजेटमाथि सत्ता पक्ष नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटमाथि राखेको धारणा :

प्रकाशशरण महत्त

चालू आर्थिक वर्षको बजेट वितरणमुखी छ । यसले कुनै प्रतिफल नदिन सक्दैन । सरकारले प्रतिफल नदिने धेरै शीर्षकमा बजेट वितरण गरेको छ ।

विगतमा कांग्रेस माओवादी गठबन्धन हुँदा प्रधानमन्त्रीले वितरण गर्न पाइएन भन्ने गुनासो गर्दै आउनुभएको थियो । अहिले कार्यकर्तालाई सोझै रकम बाँड्ने गरी कार्यक्रमहरु बजेटमा राखिएको छ । अहिले वितरणमुखी योजना राख्न भौतिक पूर्वाधार मन्त्रालय र शहरी विकास मन्त्रालयमा प्रतिस्पर्धा भएको मैले सुनेको छु ।
यस्ता योजनाले बजेट मात्र सकिने प्रतिफल दिन सक्दैन ।

यो बजेटले धेरै कुरा नबोली आफ्नो हिसाबले खर्च गर्ने बाटो पक्रियो । यो बेठीक भइरहेको छ, सरकारले राज्यलाई अनुशासनमा हिँडाउने बाटो छोडिसकेको छ ।

देवेन्द्र पौडेल


आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटले मुलुकको अर्थ प्रणालीलाई सही बाटोमा ल्याउनेछ । जसले पछिल्लो १५ वर्षमा मुलुकमा बढ्दै गएको निराशालाई लयमा ल्याउनेछ ।

बजेटमा केही कमी कमजोरी र कार्यान्वयनमा आशंका छन् । त्यसमा अर्थमन्त्रीले ध्यान दिनुपर्नेहुन्छ । ४र५ वर्षयता बजेट लयमा हिँडेको थिएन, त्यसलाई लयमा ल्याउने काम भएको छ ।

प्रतिक्रिया