नागार्जुन वाङ्मय प्रतिष्ठानले १५ वर्षअघि शोध गर्ने तेजन दाहाललाई गर्‍याे सम्मान

काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानको शुभप्रभात काव्य गोष्ठी वाङ्मय सौरभ सार्वजनिकीकरण तथा काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार राजधानी काठमाडौंमा एक समारोहबीच उल्लेखित कार्यक्रम सम्पन्न भएको  हो ।

प्रतिष्ठानले विगतमा नागार्जुन त्रैमासिक पत्रिकामा साहित्यिक योगदानमा शोधपत्र गरेका तेजन दाहाललाई सम्मान गरेको छ ।

दाहालले १५ अघि (२०६६) रत्नराज्य लक्ष्मी क्यापसको एमए नेपाली विषयको लागि सो प्रतिष्ठानमार्फत् प्रकाशित हुने नागार्जुन द्वैमासिक पत्रिकामा साहित्यिक योगदान भन्ने विषयमा शोधपत्र तयार गरेका थिए ।

त्यसैगरी प्रतिष्ठानले समालोचक डा. हरिप्रसाद सिलवाल, डा. विनोद मञ्चन, सुधा दाहालगायतलाई  सम्मान गरेको छ ।

कार्यक्रममा विनोद विक्रम केसीको एकल काव्य वाचन तथा अन्य १६ सर्जकले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

वाचित रचनामाथि डा. हरिप्रसाद सिलवालले समीक्षा गरेका थिए । समालोचक डा.विनोद मञ्चनले वाङ्मय सौरभको समीक्षा गरेका थिए भने डा‍. यज्ञ निरौलाले सौरभको आवरण पृष्ठबारे विवचेचना गरेका थिए ।  कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिको रुपमा उपस्थिति थिए ।

प्रतिक्रिया