सभापति देउवा र मधेश केन्द्रित दलबीच छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश केन्द्रित दलका नेताहरूबीच छलफल चलिरहेको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी छन् ।

देउवाले मधेश प्रदेश सरकारका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत भने लिएका छैनन् ।

यादव जसपा नेपालबाट मुख्यमन्त्री बनेका हुन् । संघको सरकारबाट जसपा नेपाल बाहिरिएको छ भने मधेशमा अल्पमतमा परेको छ ।

मधेशमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ । कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि लागि ५४ सांसद आवश्यक पर्दछ ।

 

प्रतिक्रिया