कांग्रेसले गरेको संसद अवरोध औचित्यहीन, माफी माग्नुपर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी सम्बन्धमा कांग्रेसको भूमिका जनतालाई झुक्याउने खालको भएकाले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो धारणा व्यक्त गरेका हुन् ।
समितिको टीओआरमा उपप्रधान तथा गृहमन्त्रीको नाम लेख्नुपर्ने अडानबाट ब्याक भएको भन्दै उनले संसद अवरोधबाट भएको क्षतिप्रति कांग्रेसले जनतासँग माफी माग्नुपर्ने उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘सहकारी विवाद र सम्झौता प्रकरणमा यदि यही हावादारी सम्झौता गर्नु थियो भने महिनौँसम्म संसद अवरुद्ध गर्ने, समय बर्बाद गर्ने र करोडौँ व्यय गराउने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ ।’

 

 

प्रतिक्रिया