काठमाडौं । तराईमा आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।
महाशाखाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि आह्वान गरेको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना कम छ । कोशी प्रदेशमा पानी पर्ने सम्भावना बढी छ ।
आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर खण्ड–खण्डमा क्षणिक वर्षाको सम्भावना छ ।


प्रतिक्रिया