संसदीय छानबिन समितिमा कांग्रेस र माओवादीबाट को को छन् ?

काठमाडौं । छानबिन समिति बनाउने कि नबनाउने भनी आएको बहस अन्तत: टु‌ंगिएको छ ।  सहकारीको रकम अपचलनबारे छानबिन समिति बनेसँगै सो बहस टुंगिएको हो । सो समिति केही बेरमा बस्ने संसद्को बैठकले समितिको घोषणा गर्दै छ ।
नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन् ।

माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

प्रतिक्रिया