टी स्टेट प्रकरणबारे प्रतिवाद गर्ने छुट आफूहरुसँग छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणमा कांग्रेसमाथि लगाएको आरोपको प्रतिवाद गर्ने छुट आफूहरूसँग रहेको बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले अगाडि भने, ‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेको छ। कांग्रेसको कसैले केही पनि प्रतिक्रिया दिएको थिएन। पहिलो आक्रामक प्रतिक्रिया त सम्माननीय केपी ओलीकै थियो। उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो। उहाँले आरोप लगाउन छुट दिने, प्रतिवाद गर्न चाहिँ उहाँलाई सोध्नुपर्ने ? कांग्रेसको तर्फबाट मैले महामन्त्रीको हैसियतले सहकारी बन्धु भनेको बोलेको हुँ। उहाँले आरोप लगाएपछि हामीले तथ्य राखेका हौँ। कांग्रेसलाई हुँदै नभएको कुरामा आरोप लगाएपछि मौन धारणा गरेर त हुँदैन नि।’

प्रतिक्रिया