काठमाडौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन भएको छ ।
आइतबार पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका हुन् ।
यसरी प्रदर्शनमा उत्रिने सहकारीहरुमा सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानीलगायत छन् । प्रदर्शनमा उत्रिएकाहरुले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्ने नाराका साथै प्लेकार्ड पनि प्रदर्शन गरेका छन् ।



प्रतिक्रिया