काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्रीले माओवादीलाई जंगलबाट ल्याएको विर्सिएको हो र भनी प्रश्न गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको
मत लिएपछि बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकपछि उनले यस्तो बताएका हुन् ।
‘भोटको राजनीतिमा आएपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौं’। उनले भने, ‘तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सिनुभयो ? हतियारको बलमा परिर्वतन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो ?’
प्रधानमन्त्रीले चर्को मूल्य चुकाउनुपर्छ भनेको भन्दै उनले भने, ‘के मूल्य चुकाउनुपर्छ रु तपाईंहरु गैरजिम्मेवार भएर जाने, ७३ लाख सहकारी बचतकर्ताको रकमको सुनिश्चिचता छैन । त्यसमा संलग्न भएकाहरुमाथि कराबाही गर्ने योजना छैन । अनि नेपाली कांग्रेसविरुद्ध गैरजिम्मेवार ढंगले लाञ्छना लगाउने रु यस्तो बोल्न बन्द गरिदिनुस् ।’



प्रतिक्रिया