काठमाडौं । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् ।
यसअघि दुईपटक प्रधानमन्त्रीका लागि विश्वासको मत लिएका प्रधानमन्त्रीले सोमबार पनि विश्वास लिएका हुन् । यसअघि शतप्रतिशतजस्तो मत प्राप्त गरेका दाहालले यस पटक भने बैठकमा १५८ सांसद मतदानमा सहभागी भएका थिए ।
जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।
संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।


प्रतिक्रिया