काडमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूलपार्टीमा फर्किन आग्रह गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज एक आह्वानपत्र जारी गरी यस्तो आग्रह गरेका छन् ।
आह्वानपत्रमा भनिएको छ, “पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रलगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा गएका साथीहरूलाई गलत बाटो छाडेर मूलधारको पार्टीमा फर्किन हुन हार्दिक आह्वान गर्दछौँ ।”
केही समयअघि उपेन्द्र यादव एक कार्यक्रममा भाग लिन अमेरिका गएका बेला अशोक राईले पार्टी फुटाएका थिए ।


प्रतिक्रिया