कांग्रेसले उठायो सदनको मुद्दा सडकमा, तस्वीरमा हेर्नूस् नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले सहकारी मुद्दालाई चर्काउन भातृ संस्था नेविसंघलाई उतारेको छ ।

नेपाली कांग्रेसले यसअघि संसदमा उठाउँदै आएको सहकारीसम्बन्धी ठगीलाई आक्रामक बनाउनका लागि भातृ संस्था उतारेको हो ।

साथै, भातृ संस्था नेविसंघले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर प्लेकार्ड पनि प्रदर्शन गरेको छ । विद्यार्थीले बोकेका प्लेकार्डमा गुड मर्निङ केपी बा, चिया खानुभो ?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है ? लेखिएको प्ले कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए।

गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ? भन्दै विद्यार्थीले गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन् । कांग्रेस निकट महिला संघले हिजो प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्दैछ ।

 

प्रतिक्रिया